काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार मुख्यमन्त्री बनेका खगराज अधिकारीले विस्वासको मत नलिँदै नेकपा (एकिकृत समाजवादी)का नेता दीपक मनाङेले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । मंगलबार अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष आफ्नो दाबी पेश गर्दा समर्थन गरेका मनाङेले बिहीबार नै समर्थन फिर्ता लिएका हुन् ।
आकर्षक मन्त्रालय पाउने आसमा समर्थन गरेका उनी मुख्यमन्त्री अधिकारीले मन्त्रालयको संख्या घटाएसँगै मन्त्री नबन्ने पक्का भएपछि विपक्षी बनेका छन् । गत मंसिर १९ गते माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रवेश गरेका उनी मुख्यमन्त्री अधिकारीले हाल १२ वटा रहेका मन्त्रालय घटाएर सातवटामा झार्ने तयारी गरेसँगै पछि हटेका हुन् ।
मनाङले यसअघि कांग्रेस नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री थिए । तर तत्कालीन पाँच दलीय सत्ता गठबन्धन हुँदा उनी समाजवादीमा प्रवेश गरेर मन्त्री हुने तयारीमा थिए ।
प्रतिक्रिया दिनुहोस