aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कति जान पाउँछन् त काम गर्न जापान ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ भदौ २०७६
कति जान पाउँछन् त काम गर्न जापान ?

काठमाडौँ । जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथमिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरमा न्यून सङ्ख्यामा मात्र कामदार लैजाने देखिएको छ ।

जापानले उच्च दक्ष र भाषामा पोख्त हुनुपर्ने गरी परीक्षण मापदण्ड बनाएपछि पहिलो चरणमा थोरै सङ्ख्यामा मात्र नेपाली युवा रोजगारीका लागि जापान जान पाउने देखिएको हो ।

जापानले १४ वटा विभिन्न क्षेत्रबाट नेपालसहित ९ देशका श्रमिक लिने जनाएअनुसार नेपालबाट सुरुमा नर्सलगायतका केयर गिभर क्षेत्रमा युवा लैजाने भएको छ ।

यसका लागि कार्तिकको दोस्रो साता परीक्षा गर्ने जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार शाखाका उपसचिव दीपक ढकालले पहिलो चरणमा न्यून मात्रामा नर्स र केयर गिभर लैजाने जनाएको बताए  । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस