aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

बैंकिङ कसूर मुद्दाका फरार सागर प्रसाद सेलवाल पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ पुस २०७९
बैंकिङ कसूर मुद्दाका फरार सागर प्रसाद सेलवाल पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका २ चारापाने घर भएका ३९ वर्षीय सागर प्रसाद सेलवाललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

उच्च अदालत पाटनको २०७७ माघ १०१९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, ३ लाख रूपैयाँ जरिवाना र १२ हजार रूपैयाँ पीडित राहत कोषमा क्षेतिपूर्ति भराउनु पर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस