aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दशैमा खसीको मासु १५ सय भन्दा माथि हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ भदौ २०७६
दशैमा खसीको मासु १५ सय भन्दा माथि हुने

काठमाडौं । सरकारले औपचारिक घोषणा बिनै खसीबोका आयातमा कडाइ गरेपछि दशैँमा मासु महँगो हुने भएको छ ।


व्यवसायीहरुका अनुसार दशैँमा खसीको तयारी मासु प्रतिकेजी १५ सय रुपैयाँ भन्दा माथि पुग्न सक्नेछ । हाल काठमाडौँ उपत्यकामा दैनिक १ हजार २०० खसी बोकाको माग छ, जसको ४० प्रतिशत अंश भारतीय आयातबाट धानिएको छ ।

केही समय यता सकरकारले भारतबाट आयात हुने खसीबोकामा कडाइ गरिरहेको छ । चौपाया खरीद विक्री संघका अनुसार दशैँ तिहारको समयमा उपत्यकामा मात्र करीब ५० हजार खसीबोकाको माग हुन्छ । उक्त मागलाई धान्न सक्ने गरी स्वदेशमा खसीबोकाको उत्पादन हुन थालेको छैन । यो समाचार आजको अभियान दैनिकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस