काठमाडौं । चालु आर्थिक वर्षको पाँच विदेश घुम्न गएर नेपालीहरुले ४२ अर्ब रुपैयाँ भन्दा बढी खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको वित्तीय विवरण अनुसार चालु आवको साउनदेखि मंसिरसम्म ४२ अर्ब ८ करोड रुपैयाँ नेपालीले विदेश भ्रमणमा खर्च गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा भ्रमण व्यय २५ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै, यस अवधिमा शिक्षातर्फको २८ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा शिक्षातर्फको व्यय १३ अर्ब ५३ करोड रहेको थियो ।
प्रतिक्रिया दिनुहोस