aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

९८ वटा मेनपावर मर्ज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ भदौ २०७६
९८ वटा मेनपावर मर्ज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मेनपावर कम्पनीहरुलाई एकआपसमा गाभिन(मर्जर) निर्देशन दिएसँगै मेनपावर व्यवसायीहरु यसको कार्यान्वयनमा जुटेका छन् । 


आइतबारसम्म दुई सय ६६ वटा मेनपावर मर्जर प्रक्रियामा जानको लागि वैदेशिक रोजगार विभागमा व्यवसायीहरुले निवेदन दिएका छन् । 

विभागका प्रवक्ता भोलानाथ गुरागाईंका अनुसार ९८ वटा मेनपावर ‘मर्ज’ हुनका लागि दुई सय ६६ वटा मेनपावर ‘मर्जर’ प्रक्रियामा जान चाहेका छन् । 

पाँच सय ७६ वटा मेनपावरले बैंक ग्यारेन्टी राखेको विभागले जनाएको छ भने नगद राख्नेमा पाँच सय ३३ वटा मेनपावर रहेका छन् । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस