aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

घट्यो टेस्लाका कारको मूल्य, यस्तो छ एलन मक्सको रणनीति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० पुस २०७९
घट्यो टेस्लाका कारको मूल्य, यस्तो छ एलन मक्सको रणनीति

एजेन्सी। लक्जरी इलेक्ट्रिक कार कम्पनी टेस्ला इंकले अमेरिकामा शुक्रबार आफ्ना विद्युतीय सवारीका विभिन्न संस्करणको मूल्य घटाएको घोषणा गरेको छ । टेस्लाले आफ्ना सवारी साधनको निरन्तर घट्दो बिक्री र कम्पनीको स्टकमा आएको गिरावटका कारण विद्युतीय सवारी साधनको मूल्य घटाउन यो निर्णय गरेको हो ।

रोयटर्सको रिपोर्टका अनुसार गत हप्ता एसियामा आफ्ना गाडीको मूल्य घटाएपछि टेस्लाले अमेरिकाबाहेक युरोप, मध्यपूर्व र अफ्रिकामा पनि मूल्य घटाएको हो । यसले केही टेस्ला मोडेलहरूलाई नयाँ संघीय कर क्रेडिटहरूको लागि योग्य बनाउँछ, जसले खरिदकर्ताको चासो आकर्षित गर्न मद्दत गर्छ।

टेस्लाले आफ्नो शीर्ष बिक्रेता मोडल वाई एसयुभीको केही संस्करणको मूल्य २० प्रतिशत सम्म घटाएको छ। यो कटौतीले मोडेल वाईको संस्करणहरूलाई अमेरिकी विद्युतीय सवारी साधनको कर क्रेडिटको लागि मार्चदेखि उपलब्ध गराउन योग्य बनाउँछ। यही कारणले गर्दा टेस्लाले आफ्नो सबैभन्दा महँगो मोडल मोडल–३ को आधार मूल्य पनि करिब ६ प्रतिशतले घटाएको छ ।

टेस्लाको मूल्य कटौती पछि, यसको मोडेल वाई अब ५७ हजार डलर प्रारम्भिक मूल्यमा उपलब्ध छ, जुन पहिले लगभग ७० हजार पर्थ्यो। योसँगै टेस्लाको सबैभन्दा महँगो गाडी अर्थात् मोडल–३ को मूल्य ४७ हजार डलरबाट घटेर ४४ हजार डलर भएको छ ।

टेस्लाले विद्युतीय सवारी साधनको मूल्य घटाउने निर्णय गरेपछि शुक्रबार कम्पनीको शेयरमा करिब ४ प्रतिशतले गिरावट आएको थियो । २०२२ को सुरुदेखि नै कम्पनीको स्टक ६५ प्रतिशतभन्दा बढीले घटेको छ।

विश्लेषकहरूका अनुसार टेस्लाले मूल्यभन्दा बिक्रीको मात्रालाई प्राथमिकतामा राखेको छ। यो एक रणनीति हो जसले कम्पनीको नाफा मार्जिनलाई असर गर्न सक्छ। यद्यपि, अहिलेसम्म टेस्ला र मस्कबाट मूल्य कटौतीको कारणबारे कुनै प्रतिक्रिया दिएका छैनन्। 

प्रतिक्रिया दिनुहोस