aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

यति एयरलाइन्स दुर्घटनाः आगो निभाउने प्रयास जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ माघ २०७९
यति एयरलाइन्स दुर्घटनाः आगो निभाउने प्रयास जारी

काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । 

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । उक्त विमान सेती नदीको खोँचमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा अहिले लागो लागिरहेको छ । नेपाल आर्मी, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए । पानीको फोहोराले दन्किरहेको आगो निभाउने प्रयास गरिरहेको स्थानीयको भनाई छ ।  
 

प्रतिक्रिया दिनुहोस