aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

यति एयरलाइन्स दुर्घटनाः चालकले अचानक मोडेका थिए जहाज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ माघ २०७९
यति एयरलाइन्स दुर्घटनाः चालकले अचानक मोडेका थिए जहाज

काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । 

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । उक्त विमान सेती नदीको खोँचमा दुर्घटना भएको हो । 

सेती खोँचमा भएको यति एयरलायन्सको विमानका चालकले त्यतातिर विमान किन लग्यो भन्ने प्रश्न उब्जिएको छ । सो विमान पुरानो विमानस्थलको रुट तर्फ किन गयो भन्ने अनुत्तरित प्रश्नले अन्य धेरै संशयहरु थप गरेको हो । 

प्रमुख जिल्ला अधिकारी केसीका अनुसार सो विमान नयाँ पोखरा अन्तराष्ट्रिय विमानस्थल अवतरण गर्नु पर्ने थियो । तर, पश्चिम तर्फ विमान जान खोजेको देखिएको उनको भनाई छ । 

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले आर्थिक न्युजसंग भने, ‘विमान जता तर्फ गएको देखियो त्यता जानु पर्ने होइन । चालकले पुरानो विमानस्थल तर्फ मोडेर फेरि नयाँ विमानस्थलमा नै ल्याउन खोजेको देखियो । जसले गर्दा असन्तुलन भएको हुनसक्छ ।’

त्यस्तै, चालकले दुर्घटना टार्न नसक्ने भएपछि सेति नदिमा झार्दा केहि यात्रुहरु पानीमा झरेर कतै जिवित रहन सक्छन् की भन्ने अनुमानका आधारमा त्यता तर्फ लगेको पनि देखिएको उनले बताए । दुर्घटना भएको स्थलमा उद्धारकार्य चलिरहेको र हालसम्म ३६ जना यात्रुको शव निकालिएको केसरी जानकारी दिए । साथै उनले हालसम्म जिवित कोहिपनि नभेटिएको बताए । 

प्रतिक्रिया दिनुहोस