aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ माघ २०७९
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

काठमाडौं । कागेश्वोरी मनोहरा नगरपालिका–६ मुलपानी ग्रिनहिलसिटी बस्ने ६४ वर्षीय हरि लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा लिम्बु समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७९ हजार २ सय रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको  हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस