aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

टेस्लाको लक्जरी इलेक्ट्रिक कारको अमेरिकामा मूल्य घटायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ माघ २०७९
टेस्लाको लक्जरी इलेक्ट्रिक कारको अमेरिकामा मूल्य घटायो

एजेन्सी । लक्जरी इलेक्ट्रिक कार कम्पनी टेस्ला इंक अमेरिकामा शुक्रबार आफ्ना विद्युतीय सवारीका विभिन्न संस्करणको मूल्य घटाएको छ । टेस्लाले आफ्ना सवारीसाधनको निरन्तर घट्दो बिक्री र कम्पनीको स्टकमा आएको गिरावटका कारण विद्युतीय सवारी साधनको मूल्य घटाउन यो निर्णय गरेको हो ।

रोयटर्सको रिपोर्टका अनुसार गत हप्ता एसियामा आफ्ना गाडीको मूल्य घटाएपछि टेस्लाले अमेरिकाबाहेक युरोप, मध्यपूर्व र अफ्रिकामा पनि मूल्य घटाएको छ । यसले केही टेस्ला मोडेलहरूलाई नयाँ संघीय कर क्रेडिटहरूको लागि योग्य बनाउँछ, जसले खरिदकर्ताको चासो आकर्षित गर्न मद्दत गर्छ।

टेस्लाले पछिल्लो संस्करणको मूल्य २० प्रतिशतसम्म घटाएको छ। टेस्लाले विद्युतीय सवारी साधनको मूल्य घटाउने निर्णय गरेपछि शुक्रबार कम्पनीको शेयरमा करिब ४ प्रतिशतले गिरावट आएको थियो । २०२२ को सुरुदेखि नै कम्पनीको स्टक ६५ प्रतिशतभन्दा बढीले घटेको छ।

प्रतिक्रिया दिनुहोस