aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

आज शोक बिदा भए पनि परीक्षा भने नरोकिने

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, ०२ माघ २०७९
आज शोक बिदा भए पनि परीक्षा भने नरोकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू परीक्षा नरोकिने जनाएको छ । पोखरामा भएको हवाई दुर्घटनामा सरकारले आज २ गते शोक बिदा दिए पनि त्रिविको परीक्षा नरोकिने जनाएको छ ।

त्रिविको मानविकि तथा समाजशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले मानविकि सङ्कायले सञ्चालन गरेको परीक्षा आज माघ २ गतेको नरोकिने बताए ।

उनले आज सूचना जारी गर्दै माघ २ गते सरकारले पोखरामा भएको हवाई दुर्घटनामा शोक बिदा दिए पनि मानविकि सङ्कायद्धारा प्रकाशित गरिएको परीक्षा तालिका अनुसार नै स्नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा सञ्चालन हुने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस