aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एक महिनामा दश सहकारीसहित साढे दुई हजार ऋणी कालोसूचीमा, के हो यसको संकेत ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ माघ २०७९
एक महिनामा दश सहकारीसहित साढे दुई हजार ऋणी कालोसूचीमा, के हो यसको संकेत ?

काठमाडौं । विभिन्न व्यवसाय गर्न लिएको ऋण तिर्न नसकेर कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्ने व्यवसायीको सङ्ख्या बढ्दो छ। त्यसले एकातिर नेपालमा सानातिना व्यवसाय गर्ने समेत वातावरण नरहेको तर्फ संकेत गरिरहेको छ। अघिल्लो महिना अर्थात् पुसमा मात्रै साढे दुई हजार भन्दा बढी ऋणी कालोसूचीमा  परेको तथ्यांकले यस्तो निष्कर्षलाई सहयोग पुर्‍याएको हो। 

कर्जा सूचना केन्द्रले विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीयबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्दा त्यस्ता ऋण तिर्न नसक्ने व्यक्ति तथा संस्थाहरू कालोसूचीमा राख्ने गरेको छ । यसरी ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने ऋणीहरूको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । गत पुस १ गतेदेखि ३० गतेसम्मको अवधिमा दुई हजार पाँच सय ६७ जना ऋणी कालोसूचीमा परेका हुन् । 

पुस महिनाको पहिलो दिन नै बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीहरूको सङ्ख्या ७४ रहेको थियो । सो दिन फुर्सेखोला रेस्टुरेन्ट, नेन्सी मिटसप एन्ड सप्लायर्स, जय लक्ष्मी निर्माण सेवा, होटेल सेहाङ लगायत व्यक्तिहरूलाई केन्द्रले कालो सूचिमा राखेको थियो।    

यस अवधिमा कालोसूचीमा पर्ने व्यवसायीको प्रकृति हेर्दा कृषि फार्मदेखि हाइड्रोपावर, होटल, सहकारी, उद्योगी, व्यापारी, कम्पनी तथा व्यक्तिहरू कालोसूचीमा परेको देखिन्छ । त्यस्तै, उद्यमी, मार्ट सञ्चालक, खुद्रा पसलेदेखि निर्माण व्यवसायीहरू समेत यस अवधिका कालोसूचीमा परेका हुन् ।

पुस महिनामा कालोसूचीमा पर्ने ऋणीहरूमा न्यु पाल्पाली सुनचाँदी पसल, रोयल एडभेञ्चर रिसोर्ट एन्ड पार्टी प्यालेस, दिगो विकास कन्स्ट्रक्सन, जिआरएस कम्पनी ट्रेड, आशिस कृषि तथा पशु फार्म, युनाइटेड केवल नेटवर्क र न्यु बजरङ्ग गाई तथा भैँसी फार्म रहेका छन् ।  

यस महिना ओम बुद्ध हस्पिटल एन्ड साइन्से सेन्टर पनि कालोसूचीमा परेको छ । जसका सञ्चालक केशर बहादुर मल्ल रहेका छन् । ग्लाशियर इन्टरनेशनल स्कुल एन्ड कलेज पनि कालोसूचीमा परेको छ । यसका सञ्चालक दिलीप कुमार विष्ट, दिवस शाक्य, हिक्मत थपलिया, जानकी शरण यादव र रेगन प्रसाईँ रहेका छन् ।

त्यस्तै, पुस महिनामा श्रद्धा बिल्डर्स प्राली, माँ दुर्गा ज्वलरी, सूर्योदय निर्माण तथा हाउजिङ कम्पनी, न्यु एमएस होम डेकोरेसन, हलिमा गार्मेन्ट उद्योग, इभरग्रिन डिङकिङ वाटर, होटल तिलास एन्ड रेस्टुरेन्ट, माँ कालिका बौधिफिक्स इँटा उद्योग, साई अटो मोबाइल प्लाजा, एभरेष्ट इन्टरनेशनल डिलक्स होटल, ग्यालेक्सी डेन्टल एन्ड सर्किजल प्राली र र्याडिसन फेमली रेस्टुरेन्ट एन्ड पार्टी प्यालेस लगायत ऋणी कालोसूचीमा परेका छन् । 

पुस महिनामा १० सहकारी पनि कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्षको पुस महिनामा १० वटा सहकारी संस्था कालोसूचीमा परेका हुन् ।

यस अवधिमा कालोसूचीमा परेका सहकारीमा सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था, स्मृति सेभिङ एन्ड क्रेडिट को अपरेटिभ, महाकाली मल्टीप्रपोज को अपरेटिभ र गोर्खाली बचत तथा ऋण सहकारी संस्था रहेका छन् । 

त्यस्तै, श्री उमा गौरी एग्रिकल्चर कोअपरेटिभ, गोल्डेन रोज सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, गणेशजल मल्टी प्रपोज कोअपरेटिभ, मेगा ड्रिम मल्टी प्रपोज कोअपरेटिभलाई पनि केन्द्रले यस अवधिमा कालोसूचीमा राखेको छ ।

केन्द्रका अनुसार सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकमा अनिल गौतम र सविना राउत रहेका छन् । त्यस्तै, स्मृति सेभिङ एन्ड क्रेडिट को अपरेटिभका सञ्चालकमा देवेन्द्र श्रेष्ठ, महाकाली मल्टीप्रपोज को अपरेटिभको सञ्चालकमा रोशनी बम्जन र सुनिल राज गिरी रहेका छन् । 

केन्द्रले गोर्खाली बचत तथा ऋण सहकारी संस्थालाई पुस ११ गते कालोसूचीमा राखेको छ । उक्त सहकारीका सञ्चालकमा अभिषेक राई, देवीका राई, कला राई, राम कुमार राई र सुजता थेम्बे रहेका छन् ।  

त्यस्तै, दैनिक बचत तथा ऋण सहकारी संस्था र स्वर्णिम मल्टिपर्पोज कोअपरेटिभ संस्था पनि कालोसूचीमा परेको छ । दैनिक सहकारीका सञ्चालक रुपेश कुमार पटेल र सानुराज सिन्हा रहेका छन् भने स्वर्णिम सहकारीका सञ्चालकहरूमा दुर्गा बुढामगर र हरिकृष्ण अधिकारी रहेका कर्जा सूचना केन्द्रको तथ्यांकमा उल्लेख छ ।  

 

प्रतिक्रिया दिनुहोस