aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
आमाको पेटमै झगडा गर्दै जुम्ल्याहा शिशु, नजन्मदै झगडा गर्ने शिशु जन्मिएपछि के गर्लान ?

आमाको पेटमै झगडा गर्दै जुम्ल्याहा शिशु, नजन्मदै झगडा गर्ने शिशु जन्मिएपछि के गर्लान ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ बैशाख २०७६
आमाको पेटमै झगडा गर्दै जुम्ल्याहा शिशु, नजन्मदै झगडा गर्ने शिशु जन्मिएपछि के गर्लान ?

काठमाडौं । सोसल मिडियामा एक भिडियो व्यापक भाइरल भइरहेको छ । यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन् । अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल भएको छ । यो घटना चीनको हो । उक्त भिडियोमा दुई शिशुहरु झगडा  गरिरहेको देखिएको छ । 

रिपोर्टका अनुसार यो भिडियो गत वर्ष चीनमा सेयर गरिएको थियो । महिला चार महिनाको गर्भवती थिइन् । उनी जुम्ल्याहा शिशु जन्म दिने तरखरमा थिइन् । यो भिडियो जुम्ल्याहा शिशुका पिता टाओले लिएका थिए ।

टाओले स्थानीय अखबारसँग कुरा गर्दै भने, ‘जन्म नै नभएका छोरीहरु धेरै समयसम्म एक अर्कालाई मुक्का हान्थे ।’ यो भिडियो चीनमा व्यापक भाइरल भएको छ । टाओले भिडियो एप डोयुयिनमा यो भिडियो सेयर गरेका थिए । कारोबार दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस