aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

सभामुख छान्न कांग्रस-एमालेको कसरत

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, ०३ माघ २०७९
सभामुख छान्न कांग्रस-एमालेको कसरत

काठमाडौं । सभामुखका लागि एक जनाको मात्रै मनोनयन परेको अवस्थामा भने प्रतिनिधिसभा बैठकमा समर्थकले बोलिसकेपछि ज्येष्ठ सदस्य जबराले सभामुखमा निर्विरोध निर्वाचित घोषणा गर्नेछन् ।

तर, एकभन्दा बढी उम्मेदवार भएको अवस्थामा दर्ता क्रमानुसार प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ । त्यसपछि ज्येष्ठ सदस्यले दुबै सभामुखको उम्मेदवारी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

प्रतिनिधिसभाको कुल सदस्य संख्यामध्ये बहुमत ल्याउने उम्मेदवार सभामुख निर्वाचित हुनेछन् । सो व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम ५ मा उल्लेख छ ।

विश्वासको मत दिने दलसँग बैठक
प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले आफूलाई विश्वासको मत दिने दलको बैठक डाकेका छन् । प्रधानमन्त्री प्रचण्डले आज मंगलबार ४ बजे सरकारी निवास बालुवाटारमा आफूलाई विश्वासको मत दिने दललाई बैठकमा डाकेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य किरणका अनुसार प्रचण्डले आफूलाई विश्वासको मत दिने दलको बैठक डाकेका हुन् । बैठकमा सभामुख तथा उपसभामुख चयन, राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनलगायत विषयमा प्रधानमन्त्रीले छलफल गर्ने छन् ।

संविधानको धारा ७६ (२)अनुसार गत १० पुसमा प्रधानमन्त्री नियुक्त प्रचण्डले गत २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए ।

प्रतिनिधिसभामा ८९ सिट जित्दै ठूलो दल बनेको नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीका लागि प्रचण्डलाई विश्वासको मत दिएको थियो । तर, कांग्रेस सरकारमा भने सहभागी नहुने बताउँदै आइरहेको छ । नेमकिपा र राष्ट्रिय जनमोर्चाले भने प्रचण्डलाई विश्वासको मत दिएनन् ।  

प्रतिक्रिया दिनुहोस