aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

यी हुन् राप्रपाबाट बन्न लागेका मन्त्रीहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ माघ २०७९
यी हुन् राप्रपाबाट बन्न लागेका मन्त्रीहरु

काठमाडौं । मंसिर ४ गतेको निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी आज सरकारमा सहभागी हुने भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा सकारमा सरहभागी हुन लागेको हो । 

अध्यक्ष लिङ्देन उपप्रधानुहित उर्जा तथा सिंचाईं मन्त्री बन्ने पक्कापक्की भएको छ भने पूर्व आईजीपी ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्ने भएका छन् । मकवानपुरमा मतगणनाको अन्तिममा जादुमयी मत ल्याएर विजयी बनेका दीपकबहादुर सिंह सहरी विकास राज्यमन्त्री बन्ने भएका छन् । 

त्यस्तै विक्रम पाण्डे र धवलशम्शेर राणामध्येबाट युवा तथा खेलकुद मन्त्री बनाउने तयारी राप्रपाको रहेको छ । नयाँ मन्त्रीहरको सपथ आज दिउँसो १ बजेका लागि तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस