aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

रवि लामिछानेले यी सांसदलाई बनाउँदैछन् मन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ माघ २०७९
रवि लामिछानेले यी सांसदलाई बनाउँदैछन् मन्त्री

काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा मिलेसँगै दलहरु मन्त्री छानेटको लागि आन्तरिक तयारीमा जुटेका छन् । यस्तैमा रवि लामिछाने नेतृत्वको ाष्ट्रिय स्वतन्त्र पार्टीले पनि मन्त्रीहरुको टुंगो लगाउने तयारी गरेको छ । 

संसदीय दलको बैठकले मन्त्री छान्ने अधिकार पार्टी सभापति लामिछानेलाई दिएपछि उनी अन्तिम टुंगोमा पुग्ने तयारीमा रहेको श्रोतले बताएको छ । प्राप्त जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट  शिशिर खनाललाई शिक्षा र डिपी अर्याललाई श्रममन्त्री बनाउने तयारी गरिएको छ । 

शिक्षामा विवाद नरहे पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा विराजभक्त श्रेष्ठले पनि दाबी गरेका छन् । यस पार्टीले एक जनालाई राज्यमन्त्री बनाउन पाउनेछ । राज्यमन्त्रीमा तोसिमा कार्की वा सोविता गौतम मध्य एक जना हुने श्रोतको भनाइ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस