काठमाडौं । नेकपा माओवादी केन्द्रको नेतृत्वमा बनेको सत्ता गठबन्धन सरकार विस्तार हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन । सत्ता गठबन्धनमा भागबन्डाको टुङ्गो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।
माओबादीबाट मन्त्रीह्नेहरुमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी रहेका छन् । शर्मालाई सञ्चार, किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने भएको माओवादीका नेताहरुले बताएका छन । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।
दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीमा प्रचण्ड र उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठले पहिलो चरणमै शपथ लिइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस