aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

माओवादीले टुङ्ग्यायो मन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ माघ २०७९
माओवादीले टुङ्ग्यायो मन्त्री

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएको छ । माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने टुङ्गो भएको केन्द्रीय सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिए ।  

शर्मा सूचना, सञ्चार तथा प्रविधि, किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा शपथ लिने उनले जानकारी दिए । श्रीपालीलाई पर्यटन राज्यमन्त्री तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस