aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

जुवातास खेलिरहेका १० जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ माघ २०७९
जुवातास खेलिरहेका १० जना पक्राउ

पर्सा । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । पर्सागढी नगरपालिका ३ वडनिहार बस्ने भागवत साहको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका २ बस्ने ५० वर्षीय जित बहादुर तामाङ सहित १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २८ हजार १ सय ४० रुपैँया र २ सय २१ पत्ता तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस