काठमाडौं । विभिन्न ठाउँमा आगलागी हुँदा २२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सुनसरी र ओखलढुङ्गामा आगलागनी हुँदा उक्त बराबरको धनमाल जलेर नष्ट भएको हो ।
सुनसरीको देवानगंज गाउँपालिका ७ डेढ नम्बरको माझी टोल बस्ने राजेश मुखियाको घरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा उक्त आगो फैलिएर भोला मेहता, रामस्वरुप मुखिया र राजेशको घर समेत जलेर करिब १७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका ५ चित्रे बस्ने सिमा शेर्पाको घरमा खाना पकाउने ग्यासको चुलोबाट आगो सल्कीई सोमबार साँझ आगलागी हुँदा घर जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले अन्य सुरक्षा निकाय, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस