aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

प्रहरीले बाँकेमा गोली चलायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ भदौ २०७६
प्रहरीले बाँकेमा गोली चलायो

बांके । फरार अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा बाँके प्रहरीले आज गोली चलाएको छ । बर्दिया जिल्ला अदालतले चोरी तथा डकैती मुद्धामा ६ वर्ष कैद सजाए सुनाए लगत्तै फरार रहेका बांके बैजनाथ गाँउपालिका वडा नं ४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

८ वर्षअघि चोरी तथा डकैती अपराधमा ६ वर्ष कैद सजाय भए लगत्तै न्यौपाने फरार भएका थिए । सोमबार नेपालगन्जस्थित राँझा विमानस्थल नजिकै देखिएका न्यौपाने लाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि उनीमाथि गोली चलाउनु परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख नायब प्रहरी उपरिक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

प्रहरीले न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा देब्रे खुट्टामा गोली प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस