aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सभामुखका लागि आज उम्मेदवारी दर्ता, एमाले र कांग्रेसले कसलाई उठाउलान् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ माघ २०७९
सभामुखका लागि आज उम्मेदवारी दर्ता, एमाले र कांग्रेसले कसलाई उठाउलान् ?

काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ । 

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताका लागि आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ भने आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ । 

सभामुख चयन गर्न निर्वाचन बिहीबार प्रतिनिधि सभाको बैठकमा हुनेछ । त्यसका लागि बिहीबार बिहान ११ बजेका लागि संसद् बैठक बोलाइएको छ ।

संसद् बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 

सत्ता गठबन्धनभित्र भएको भागबन्डामा सभामुख पद नेकपा एमालेको भागमा परेको छ । गठबन्धनका तर्फबाट एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले आज उम्मेदवारी दर्ता गराउनेछन् । तर एमालेले उम्मेदवार तोकिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस