aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

डा.हरिहर देव पन्त स्मृति सम्मान पत्रकारिता पुरस्कार विष्णु बेल्वासेलाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ भदौ २०७६
डा.हरिहर देव पन्त स्मृति सम्मान पत्रकारिता पुरस्कार विष्णु बेल्वासेलाई

काठमाडौं ।  डा.पन्तको  चौथो  स्मृति दिवसको अवसर पारेर पत्रकार विष्णु वेलवासेलाई हरिहरदेव पन्त स्मृति सम्मान पत्रकारिता पुरस्कार स्वरुप नगद ५० हजार रुपैयाँ सहित सम्मान पत्र प्रदान गर्ने भएको छ । लघुवित्तका प्रथम प्रवद्र्धक डा.हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको डा.हरिहरदेव पन्त फाउण्डेसनले स्थापना गरेको हो । 

लघुवित्तका प्रथम प्रवद्र्धक पन्तको स्मृतिमा फाउण्डेसनले हरेक वार्षिक पुण्य स्मृति दिवसको अवसरमा एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई डा.हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । 

पत्रकार बेल्वासे विगत दुई दशकदेखि पत्रकारित क्षेत्रमा क्रियाशिल आर्थिक पत्रकार हुन । आर्थिक अभियान दैनिक, कारोबार दैनिक, नागरिक दैनिक लगायत करिव आधा दर्जन पत्रपत्रिकामा काम गरिसकेका उनी हाल नेपाल न्यूजमा सहसम्पादकको रुपमा क्रियाशिल छन् ।

डा.पन्त नेपालमा लघुवित्तका पिताको रुपमा परिचित छन् । ग्रामीण क्षेत्रमा विपन्न गरिव परिवारहरुमा लघुवित्त कार्यक्रममार्फत आर्थिक, सामाजिक तथा मानसिक विकास गराउने काममा उनले अत्यन्त महत्वपूर्ण योगदान पु¥याएका थिए ।
 

प्रतिक्रिया दिनुहोस