पर्सा । स्रोत नखुलेको २२ लाख नगद सहित दुई जना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका ८ घण्टाघरबाट स्रोत नखुलेको नगद २२ लाख ५० हजार रुपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका १६ नगवा बस्ने ३४ वर्षीय बिकाश साह र सोही महानगरपालिका १८ ईनर्वा मनियारी टोल बस्ने १७ वर्षीय किशोर रहेका छन् ।
प्रहरी कार्यालय विर्ता र अस्थाई प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले बीआर ०५ एई ९३४३ नम्बरको स्कटुरलाई जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी स्कुटर चालक बिकाश र स्कुटरमा सवार किशोरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस