aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

फ्रान्स पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने तेजेन्द्र महत पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ माघ २०७९
फ्रान्स पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने तेजेन्द्र महत पक्राउ

काठमाडौं । फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी १९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका ५ सतुङ्गल बस्ने तनहुँ शुक्लागण्डकी नगरपलिका ८ घर भएका ४६ वर्षीय तेजेन्द्र महतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

महतले वैदेशिक रोजगारीमा फ्रान्स जानको लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ, फ्रान्स पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा फ्रुटकिपिङको काम लागइदिन्छु, आकर्षक कमाई हुन्छ भन्दै प्रलोभनमा पारी ३ जना पीडितहरुबाट जम्मा १९ लाख रुपैयाँ ठगी गरेको भन्ने वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपलिका ५ सतुङ्गलबाट उनलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस