aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कात्तिकमा रेल आउने निश्चित, २०० कर्मचारीको माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ भदौ २०७६
कात्तिकमा रेल आउने निश्चित, २०० कर्मचारीको माग

काठमाडौँ । रेल आउने समय नजिकिए पनि विभिन्न स्टेसनका लागि चाहिने कर्मचारीको व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन । रेल विभागले कात्तिक अन्तिमसम्म रेल आउने दाबी गर्दै कर्मचारी माग गरेको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार दुई महिनाअघि नै करिब २ सयभन्दा बढी कर्मचारी माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाइएको छ।

‘रेल स्टेसनका लागि सङ्गठनको संरचना बनाएरै कर्मचारी माग गरेका छौँ,’ उनले भने, ‘सबै कर्मचारी रेल सञ्चालनका लागि हो, माग स्वीकृतिको क्रममा छ’ उनले कर्मचारी राख्ने प्रक्रिया लामो हुने बताए। भौतिकले कर्मचारी मागबारे अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मन्त्रालय, लोकसेवा आयोगमा पठाएको छ। ‘हामीलाई २ सयभन्दा बढी कर्मचारी चाहिन्छ,’ मिश्रले भने, ‘एउटा स्टेसनमा १२ देखि १५ जनासम्म कर्मचारी चाहिने हुन्छ।’ जयनगर(जनकपरदेखि बर्दिबाससम्म रहेका स्टेसनका लागि कर्मचारी चाहिएको हो। ‘स्टेसनअनुसार कर्मचारी थप्नुपर्ने हुन्छ ।,’  उनले भने, ‘तर माथिल्लो तहमा कर्मचारी थपिने छैनन् । कार्यस्थलमा मात्र कर्मचारी थपिँदै जाने छन् । जयनगर, इनरुवा, खजुरी, मैनाथपुर, बैदेही पर्वा, जनकपुर कबा-पिपाडी। जलपरासम्ममा कर्मचारी चाहिने हुन्छ ।

‘कात्तिक अन्तिमसम्म रेल आउने निश्चित छ,’ उनले भने, ‘हामीलाई जति सक्दो चाँडो कर्मचारीको माग स्वीकृत भइदिए हुन्थ्यो भन्ने हो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस