aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

२५ प्रतिशतले घट्यो विदेशी लगानी, यस्तो छ कारण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ भदौ २०७६
२५ प्रतिशतले घट्यो विदेशी लगानी, यस्तो छ कारण

काठमाडौँ । गत वर्ष मुलुकमा १३ अर्ब ७ करोड रुपैयाँ बराबर प्रत्यक्ष विदेशी लगानी ९एफडीआई० भित्रियो । यो गत वर्षको तुलनामा २५ प्रतिशतले कम हो। आर्थिक वर्ष ०७४/७५ मा यस्तो लगानी ३० प्रतिशतले बढेको थियो। गत आर्थिक वर्षको बाहै महिना विदेशी लगानी घट्यो। विदेशी लगानी बढाउन सरकारले थुप्रै नीतिगत र व्यावहारिक सुधार भएको दाबी गरिरहेको वर्षका सबै महिनामा विदेशी लगानी घटेको हो । त्यसो त गत वर्ष सरकारले लगानी सम्मेलन पनि गरेको छ।

सम्मेलनमा विभिन्न राष्ट्रका चार दर्जनभन्दा बढी लगानीकर्ताको सहभागिता थियो । सम्मेलन मार्फत करिब ३० खर्ब रुपैयाँ विदेशी लगानी भित्र्याउने महत्त्वाकांक्षी लक्ष्य सरकारले राखेको छ। यथार्थमा मलक भित्रिएको कल विदेशी लगानी भने निरन्तर घट्दो छ। आर्थिक वर्ष ०७४/७५ मा कुल १७ अर्ब ५५ करोड रुपैयाँ बराबर विदेशी लगानी नेपाल भित्रिएको थियो।

सरकारले नीतिगत सुधार गरेको जनाए पनि लगानीकर्ता विश्वस्त हुने आधार विकास भइनसकेकाले विदेशी लगानी बढ्न नसकेको अर्थविद्हरू बताउँछन् । 'विदेशी लगानीकर्ताले नेपालको लगानी वातावरणलाई पत्यार गरेनन्,' अर्थविद् केशव आचार्यले भने, 'एकद्वारा प्रणालीका लागि कार्यालय खोलिए पनि पर्याप्त कम्प्युटर पनि राख्न सकिएको छैन । अरू सुविधा अपेक्षा कसरी गर्ने ? 

पछिल्ला तीन वर्षमा बैङ्किङ प्रणालीमा देखिएको तरलता समस्या, त्यसले सिर्जना गरेको उच्च ब्याजदर पनि विदेशी लगानी घट्नुको कारण रहेको जनाउँदै उनले थपे, 'गैरजिम्मेवार प्रशासनतन्त्र र पैसा खान खोज्ने प्रवृत्तिले विदेशी लगानीकर्ताले नेपालको लगानी वातावरणमा विश्वास गर्न सकेका छैनन् ।' यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस