aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

उपाध्यक्ष विरुद्ध अध्यक्षले हाले मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ भदौ २०७६
उपाध्यक्ष विरुद्ध अध्यक्षले हाले मुद्दा

रामेछाप । दुई करोड चन्दा नदिए ज्यान मार्ने धम्की दिएको भन्दै रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादर खड्काले उपाध्यक्षसहित ५ जनालाई कारबाहीका लागि किटानी जाहेरी  दिएका छन्।

खड्काको जाहरीले मलकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम उपाध्यक्ष दीपशिखा न्यौपाने दाहाल, वडा अध्यक्ष सुवास बोहोरा, नेकपाका नेता सञ्जीव कार्की, लोप्सन भन्ने बाबुराम तामाङ र अमृत तामाङलाई ७ वर्ष कैद र ७ हजार जरिवाना माग दाबीसहित जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेको छ। 

खड्काले प्रतिवादी बनाएकामध्ये लोप्सन भन्ने बाबुराम तामाङ र अमृत तामाङलाई साउन २४ मा प्रहरीले काठमाडौँ सामाखुसी बाट नियन्त्रणमा लिएको थियो। सादा पोसाकका प्रहरीले नियन्त्रण लिन खोज्दा भाग्न लागेपछि प्रहरीले चलाएको गोली तामाङको घुँडामा लागेको थियो । उनी प्रहरीको नियन्त्रणमा रहेर उपचार गराइरहेका छन् ।

जबरजस्ती चन्दा माग्ने प्रतिवादी बनाइएकी उपाध्यक्ष दीपशिखा दाहाल न्यौपाने र वडा अध्यक्ष सुवास बोहोराले बाबुराम तामाङलाई प्रयोग गरी आफूलाई २ करोड माग गर्न लगाएका र नदिए आफू र परिवारका सदस्यलाई मार्नेसम्मका धम्की दिएको आरोप खड्काले लगाउँदै आएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस