aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

होटलबाट ७३१ थान राहदानी सहित तीन जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ माघ २०७९
होटलबाट ७३१ थान राहदानी सहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका २६ गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ७३१ थान राहदानी सहित कञ्चनपुर बेतकोट नगरपालिका ३ घर भई टोखा नगरपालिका ९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोक जंग खड्का समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलहरूमा शंकास्पद व्यक्तिहरु रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले टोलीले होटेल सोनाबाट शंकास्पद रुपमा रहेका ७१७ थान र होटल पल्लीकोटबाट १४ थान गरी जम्मा ७३१ थान राहदानी सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस