काठमाडौं । अर्थ मन्त्रालयले खर्च घटाउने नयाँ मापदण्ड ल्याएको छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/८० मा चालू खर्च घटाउने सम्बन्धी मापदण्ड २०७९ ल्याएको हो ।
उक्त मापदण्डमा अति आवश्यक बाहेकका स्वदेश तथा वैदेशिक भ्रमणलाई निरुत्साहित गर्ने देखि दुई पाङग्रे तथा चारपाङ्ग्रे सवारी साधनको सर्विसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल तथा लुब्रिकेन्ट फेर्नेसम्मका विषयहरु समावेश छन् ।
त्यस्तै, अर्थ मन्त्रालयले अति आवश्यक बाहेक थोरै र पटकेको रुपमा प्रयोग हुने सामान स्टक नराख्ने, कार्यालयमा प्रयोग भएका पर्दा कार्पेटिङ तथा फर्निसिङका सामानको महतम प्रयोग गर्ने सम्भवत नयाँ सामाग्रीह्रु खरिद नगर्ने र नयाँ पत्रिका खरिदको सदस्यता नलिने समेत भनेको छ ।
नयाँ मापदण्डमा मन्त्रालयले नियमित रुपमा छाप्ने बजेट सम्बन्धी पुस्तक वा अन्य पुस्तक तथा पर्चाहरुलाई छाप्न निरुत्साहन गरी वेबसाइटमा राख्ने, अति आवश्यक बाहेकका सेमिनार तालिम गोष्ठि नगर्ने । गर्नै पर्ने भए सरकारी नम्र्स भन्दा बढि भएका लागत स्टिमेट स्वीकृत नगन, यस्ता कार्यक्रम गर्दा मन्त्रालयको कार्यकक्ष वा सरकारी निकायका भवनहरु प्रयोग गर्ने उल्लेख छ ।
बैठक र अतिथि सत्कारका लागि छुट्याएको बाहेक, खाना खाजा सरकारी खर्चबाट भुक्तानी नगर्ने, बजेट निर्माणका समयमा अतिरिक्त बिहान बेलुका काम गर्ने आएको प्रतिदिन ६ सयलाई ३ सय मात्र दिने अर्थको मापदण्डमा छ ।
यसका साथै, अति आवश्यकविना एसी, हिटर, पंखाको प्रयोग नगर्ने, बोतलको पानीलाई निरुत्साहित गरी जारको पानी प्रयोगलाई प्रोत्साहन गर्ने, कार्यालयमा प्रयोग हुने टोनर र कार्टेजलाई मिलेसम्म रिफिल गरेर प्रयोग गर्ने, अनावश्यक विज्ञापन, सूचना प्रकाशन तथा पत्रपत्रिकालाई निरुत्साहन गर्ने नयाँ मापदण्डमा उल्लेख छ ।
अर्थमन्त्रालयले स्वीकृत दरबन्दी र कार्यक्रममा समावेश भएको बाहेक करार तथा ज्यालादारीको कामदार नराख्ने, मन्त्रालयको विद्यमान जनशक्तिबाट सम्पादन हुन सक्ने कामका लागि बाह्य परामर्श सेवा खरिद नगर्ने, बैठकहरू कार्यालय समयभित्र गर्ने व्यवस्था मिलाउँने । कार्यालय समयभित्र गर्न नसकी अगाडि वा पछाडि बस्नुपर्ने भएमा नगरी नहुने मात्र गर्ने र अति आवश्यकबाहेक थोरै र पटके रुपमा प्रयोग हुने सामान स्टक नराख्ने समेत मापदण्डमा भनेको छ ।
प्रतिक्रिया दिनुहोस