aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

राष्ट्र बैंकले, बैंकको साइबर सुरक्षा निर्देशिका जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ भदौ २०७६
राष्ट्र बैंकले, बैंकको साइबर सुरक्षा निर्देशिका जारी गर्ने

काठमाडौं । चिनियाँ ह्याकरको एक समूहले शनिबार नेपालका केही बैंकको डेटा ह्याक गरी विभिन्न एटिएममार्फत करोडौं रुपैयाँ झिकेको घटनापछि बैंकको साइबर सुरक्षा नियमनतर्फ नेपाल राष्ट्र बैंक सक्रिय भएको छ ।

केन्द्रीय बैंकले बैंकहरुको साइवर सुरक्षासम्बन्धी निर्देशिका जारी गर्ने तयारी सुरु गरेको छ । राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका प्रमुख बमबहादुर मिश्रका अनुसार शानिबारको घटनाको अनुसन्धान टुंगोमा पुग्नासाथ केन्द्रीय बैंकले साइबर सुरक्षासम्बन्धी निर्देशिका ल्याउनेछ । यो समाचार आजको अभियान दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस