aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

रविले कसलाई बनाउलान् उपसभामुख ? प्रचण्ड र ओलीलाई भेटेपछि सोविता ढुक्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ माघ २०७९
रविले कसलाई बनाउलान् उपसभामुख ? प्रचण्ड र ओलीलाई भेटेपछि सोविता ढुक्क

काठमाडौं । आज हुने उपसभामुखको उम्मेदवारी मनोनयनका लागि नाम टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक अहिले बस्दैछ । तर उक्त पार्टीकी सांसद सोविता गौतमले पदीय शक्ति आर्जनको लागि आफैंले कसरत गरेकी छिन् । शनिबार प्रतिनिधिसभाको उपसभामुख चयन गर्ने कार्यतालिका बनेका बेला सांसद गौतमले बिहीबार प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी हुन् । 

उपसभामुखको उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा भएको गौतमको दौडधूपलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उन लेप्रचण्ड र ओलीसँगको भेटका क्रममा उपसभामुखमा आफ्नो विकल्पका बारेमा सोधेको श्रोतको भनाइ रहेको छ । 

सत्ता गठबन्धनको भागबन्डामा रास्वपाले उपुभामुख पाउने मोटामोटी सहमति भएको भए पनि त्यसले औचिारिकता पाएको छैन । पार्टी सभापति रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अहिले बिहान संसदीय दलको बैठक बोलाएका छन् । आज बस्नै बैठकबाट उपुसभामुखको उम्मेदवारबारे निर्णय हुने बताइएको छ । 

मन्त्रीको चर्चामा रहेकी गौतम छनोटमा नपरेपछि असन्तुष्ट रहेको चर्चा चलेका बेला उनी आफैं उपसभामुखको पद सुरक्षित गर्नको लागि सक्रिय भएकी छिन् । हिजोको भेटका क्रममा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले शुक्रबार हुने उम्मेदवारी मनोनयनको लागि तयारी गर्न सुझाएको बुझिएको छ । प्रचण्ड र ओलीको बचन पाएपछि उनी उत्साहित भएको श्रोतको दाबी छ । 

प्रतिक्रिया दिनुहोस