aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

म्यानपावरका मालिकहरुको आज चुनाव, कसको के छ अवस्था ?

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, ०६ माघ २०७९
म्यानपावरका मालिकहरुको आज चुनाव, कसको के छ अवस्था ?

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज शुक्रबार काठमाडौमा हुँदै छ । शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेपश्चात् निर्वाचन कार्य सुरु हुनेगरी कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ ।

सो निर्वाचनमा चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्षका प्रत्यासी चार जना उम्मेदवारले आ–आफ्ना भिन्दाभिन्दै समूह बनाएर प्रचारप्रसारका गतिविधिलाई तीव्र बनाएका छन् । अहिले यी चार जना अध्यक्षका प्रत्यासी उम्मेदवारले दैनिक काठमाडौंका विभिन्न स्थानमा चुनावी प्रचारात्मक कार्यक्रम एवं आआफ्ना समूहको उम्मेदवार परिचयात्मक कार्यक्रम गरिरहेका छन् ।

संघको यस निर्वाचनका लागि अध्यक्षलगायत विभिन्न पदमा करिब ६ दर्जनभन्दा बढी व्यवसायीको उम्मेदवारी परेको संघ निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले दिएको उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ भने एक निर्वाचित हुने प्रथम उपाध्यक्षमा ४ जना, द्वितीय उपाध्यक्षमा ५ जना, तृतीय उपाध्यक्षमा ५ जना, महासचिवमा ४ जना, सचिवमा ६ जना, कोषाध्यक्षमा ४ जना र १० सदस्यका लागि ३१ सदस्य जना गरी कुल ६३ जना व्यवसायीको उम्मेदवारी परेको छ । 

संघको आगामी अध्यक्ष पदका लागि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष राजेन्द्र भण्डारी, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष कुमुद खनाल, संघका पूर्वद्वितीय अध्यक्ष भुवनसिंह गुरुङ, र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका सल्लाहकार डा. ईश्वर जिसीले आ–आफ्नो समूह चुनावी मैदानमा छन ।

यस निर्वाचनमा राजेन्द्र भण्डारी नेतृत्वको प्रगतिशील व्यावसायिक समूहबाट प्रथम उपाध्यक्षमा डिगबहादुर खत्री (कुमार) द्वितीय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोसन कटुवाल, महासचिवमा मिलन कट्टेल, सचिवमा राजेन्द्र अधिकारी र कोषाध्यक्षमा सरिता घले रहेका छन् । यसैगरी, सदस्यमा मञ्चबाट बैकुण्ठप्रसाद पौडेल (वैभव), देउमान नेम्वाङ (डीएम सुब्बा), शिवहरि मैनाली (शीतल), आनन्दप्रसाद कोइराला, खेमनाथ गौतम, मोहनप्रसाद आचार्य, राजेन्द्र बस्नेत, जनकलाल बस्तोला, श्यामचन्द्र खतिवडा र उमेश महतो रहेका छन् ।

प्रतिक्रिया दिनुहोस