aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

१७ हजार मेगावाट जलविद्युत् सरकारीकरण गर्न खोजेको निजी क्षेत्रको आरोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ भदौ २०७६
१७ हजार मेगावाट जलविद्युत् सरकारीकरण गर्न खोजेको निजी क्षेत्रको आरोप

काठमाडौँ. । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको विद्युत् विधेयक २०७६ ले सर्भे लाइसेन्स दिइसकेका १७ हजार मेगावाट बराबरका जलविद्युत् आयोजनालाई सरकारीकरण गर्न खोजेको आरोप निजी क्षेत्रले लगाएको छ ।


मन्त्रालयले तयार गरेर हालसम्म गोप्य राखेको सो विद्युत्सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७६ का प्रावधानले निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धक कम्पनीले लाइसेन्स लिएका १७ हजार २६७ मेगावाट बराबरका २९६ आयोजनालाई सरकारीकरण गर्न खोजेको उनीहरूको आरोप छ । 

नयाँ विधेयकको मस्यौदा तयार पारेर विधेयक निर्माणका लागि मन्त्रालयले गठन गरेको समितिका संयोजक एवं ऊर्जा मन्त्रालयका सह–सचिव तोयनाथ अधिकारीले ऊर्जा मन्त्री वर्षमान पुनलाई तीन साता अघि बुझाइसकेका छन् । प्रतिक्रियाका लागि सार्वजनिकरुपमा आह्वान गर्ने मन्त्रालयले बताउँदै आए पनि हालसम्म मन्त्रालयभित्रै थन्किएको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस