काठमाडौं । मलेसियाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि भारत तर्फ पठाइएको छ । मलेसियाको क्वालालम्पुरबाट नेपाल आएको विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि भारतको कोलकत्ता पठाइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले उक्त विमान अवतरण हुन नसकेपछि भारत गएको पुष्टि गरे । उनले आर्थिक न्युजसंग भने, ‘नेपाल वायुसेवा निगमको जहाज 'नेपाल एयरलाइन्स आरए–४१६' विमान आज विहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनु पर्ने हो । तर, मौसम प्रतिकुल भएका कारण अवतरण हुन नसकेपछि भारतको कोलकत्ता गएको छ ।’
उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहानैदेखि केहि जहाजहरु होल्ड भएका छन् । मौसम प्रतिकुल भएका कारण यस्तो समस्या आएको उनको भनाई छ ।
मौसम खराबीका कारण आज बिहान पनि श्री एयरको विमान बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौका लागि उडेको अवतरण गर्न नसकेपछि झापाको भद्रपुर विमान स्थलमा अवरतण गरेको छ । आज बिहान ७ः३० बजे उडेको श्री एयरलाइन्सको ४४० विमान चन्द्रगढ विमानस्थलमा अवतरण गरेको त्रिभुवन विमानस्थल काठमाडौंले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस