aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

‘चीन–अमेरिका आर्थिक सम्बन्ध महत्वपूर्ण चरणमा’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ माघ २०७९
‘चीन–अमेरिका आर्थिक सम्बन्ध महत्वपूर्ण चरणमा’

एजेन्सी । चीनले अमेरिकासँगको आफ्नो आर्थिक एवम् व्यापारिक सम्बन्ध महत्वपूर्ण चरणमा प्रवेश गर्ने क्रममा रहेको बताएको छ । साथै उसले चीन र अमेरिकाबीचको आर्थिक एवम् व्यापारिक सम्बन्धको वास्तविकता बुझ्नुपर्नेमा जोड दिएको छ । 

वासिङ्टनस्थित चिनियाँ राजदूतावासका कार्यबाहक राजदूत सु सुयुवानले चिनियाँ नयाँ वर्षका अवसरमा चीन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रममा चीन–अमेरिका बीचको व्यापारिक सम्बन्ध बुझ्न सही समझ र चीनको विकासको दृष्टिकोणबारे जान्न जरुरी भएको बताएका छन् । दुई देशको व्यापारिक सम्बन्ध पारस्परिक रूपमा लाभदायक छ भन्दै उनले आपसी समस्या समाधानका निम्ति परस्पर सम्मान र लचिलोपन आवश्यक भएको बताएका छन् । 

अन्तर्राष्ट्रिय आर्थिक एवम् व्यापारसम्बन्धी नियमहरूको परिपालनामा उनले जोड दिएका छन् । पारस्परिक सहयोगबाट दुवै देश लाभान्वित हुने तथा टकराव र द्वन्द्वबाट पराजयबाहेक केही हात नलाग्ने यथार्थ चिनियाँ कूटनीतिज्ञले प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस