aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

सभामुखद्वारा राष्ट्रपतिसमक्ष शपथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ माघ २०७९
सभामुखद्वारा राष्ट्रपतिसमक्ष शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सभामुख घिमिरेलाई शपथ गराए । समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो । सो अवसरमा पूर्वप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख तथा सुरक्षा अङ्गका प्रमुखहरुको सहभागिता थियो । घिमिरे बिहीबार प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका हुन् । 

प्रतिक्रिया दिनुहोस