काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ गंगाजमुना गाउँपालिका ६ घर भई हाल काठमाडौं महानगरपालिका ३ बाँसबारी बस्ने २९ वर्षीय लोकमान गुरुङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७९ वैशाख ६ गतेको फैसलाले ८ लाख २४ हजार रुपैयाँ बिगो तथा जरिवाना, ७ दिन कैद र ३२ हजार ९ सय ६० रुपैयाँ छतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १० बानेश्वर थापागाउँबाट पक्राउ गरेको छ ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस