aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

नेशनल कलेज अफ इन्जिनियरिङको यात्रा संस्करण कार्यक्रम शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ माघ २०७९
नेशनल कलेज अफ इन्जिनियरिङको यात्रा संस्करण कार्यक्रम  शुरु

ललितपुर । नेशनल कलेज अफ इन्जिनियरिङ्गको आयोजनामा यात्रा संस्करण ४.० शुरु भएको छ । त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा. डा. शशिधर राम जोशीको प्रमुख आतिथ्यता तथा कलेजका प्रिन्सिपल प्रा. टक बहादुर गलामीको सभापतित्वमा बिभिन्न अतिथिहरुको उपस्थितिमा कार्यक्रमको समुद्घाटन गरिएको हो । 

कार्यक्रममा विभिन्न इन्जिनियरिङ्ग कलेजहरुले भाग लिएका छन् भने बिद्यार्थीहरुबाट तयार गरिएका विविध परियोजनाहरुको प्रदर्शनी तथा प्रतिस्पर्धा समेत भईरहेका छन् । यसका साथै मनोरञ्जनात्मक कार्यक्रम र खेलहरु पनि संलग्न गरिएका छन् । माघ ६ र ७ गते संचालन हुने कार्यक्रमको आज पहिलो दिन रोबो सकर, भलोरेन्ट, फिफा, हार्डवयर डेमोन्सट्रेसन, मोडल कम्पीटिसन लगायतका खेलहरु सम्पन्न भए भने भोली बोट रेसिङ, पेपर ब्रिज, सफ्टवेयर प्रोजेक्ट डेमोन्सट्रेसन आदि विधाहरुमा प्रतिस्पर्धा हुनेछ ।  

यात्रा ४.० कार्यक्रममा इलेक्ट्रा इलेक्ट्रीक, दुरशिक्षा, एनएमबि बैंक, ब्रोडवेज इन्फोसिस आदि संस्थाहरुले साथ र सहयोग उपलब्ध गराएका छन् । कार्यक्रमको पहिलो दिन करिब एक हजार आगन्तुकहरुले प्रदर्शनी अवलोकन गरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस