aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

संसदमा रविलाई रामहरिको प्रश्न : के पुलिसले निर्देशन पालना नगरेकै हुन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ माघ २०७९
संसदमा रविलाई रामहरिको प्रश्न : के पुलिसले निर्देशन पालना नगरेकै हुन् ?

काठमाडौँ। शुक्रबार गृह मन्त्रालयले जारी गरेको बिज्ञप्तिबारे शनिबार प्रतिनिसभाको बैठकमा सांसदले प्रश्न उठेका छन्। बैठकको प्रारम्भमै नेपाली कांग्रेसका रामहरि खतिवडाले बिशेष समय मागेर बोल्दै गृह मन्त्रालयबाट शुक्रबार जारी प्रेस विज्ञप्तिबारे सदनको ध्यानाकर्षण गराएका हुन् । 

कुनै अपराधी पक्राउ गर्न विज्ञप्ति नै जारि गर्ने कुराले ठिक परिपाटीको विकास नहुने भन्ने उनको चिन्ता थियो। उनले भने, “अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति जारी गर्ने परिपाटी गलत छ, त्यसलाई सच्याइनुपर्छ, हरेक घटनाका अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति नै जारी गर्नुपर्ने स्थिति आउन दिन हुन्न, यो ठीक पनि होइन ।”

प्रेस विज्ञप्ति निकालेर अपराधी खोजी गर्नु चिन्ताको विषय बनेको उल्लेख गर्दै उनले गृहमन्त्रीको मौखिक निर्देशन मातहतका निकायले बेवास्ता गरेको त होइन भनी प्रश्न गरे। गृहमन्त्रि रबि लामिछानेलाई प्रहरी प्रसासनले नटेरेको भन्ने टिप्पणी सार्वजनिक भइरहेका बेला साम्सद खतिवडाले यस्तो प्रश्न गरेका हुन्। खतिवडाले उक्त विषयमा सभामुखबाट रुलिङको माग माग समेत गरेका थिए। 

प्रतिक्रिया दिनुहोस