aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ माघ २०७९
जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ३ बसुन्धारा सृजनशिल टोल डेरा गरी बस्ने ३७ वर्षीया कल्पना राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा गोरखा गण्डकी गाउँपालिका ७ घर भई काठमाडौं बसुन्धरा बस्ने ३२ वर्षीया शिला गुरुङ लगायत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार रूपैयाँ, क्यासिनो सिक्का २ सय ४१ थान र १२ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस