aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

प्रचण्ड र माधवले पार्टी एकता गर्ने, औपचारिक वार्ता सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ माघ २०७९
प्रचण्ड र माधवले पार्टी एकता गर्ने, औपचारिक वार्ता सुरु

aकाठमाठौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी)बीच पार्टी एकताको पहल सुरु भएको छ । दुई पार्टीका तर्फबाट गठित वार्ता संयोजन समितिकाबीच आइतबारदेखि औपचारिक रुपमा वार्ता सुरु भएको हो । 

पहिलो वार्तामा पार्टी एकता, वर्तमान र भविष्यको राजनीतिक यात्रा, दुई  पार्टीका दस्तावेज आदानप्रदान भएको जनाइएको छ ।

वार्तामा माओवादी केन्द्रका संयोजक कृष्णबहादुर महरा, गिरिराजमणि पोख्रेल र शक्ति बस्नेत तथा एकीकृत समाजवादीबाट संयोजक बेदुराम भुसाल, प्रकाश ज्वाला र विजय पौडल छन् ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भएपछि साविक एमाले र माओवादी अलग अलग भएका थिए । एमालेबाट पनि अलग भएको एर्ककृत समाजवादीले पुनः माओवादीसँग पार्टी एकता गर्ने गरी वार्ता थालेको छ ।

२०७७ पुस ५ गते तत्कालीन नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक संसद विघटन गरेपछि ओली इतरमा रहेको प्रचण्ड नेतृत्वको समूहमा नेपाल पनि रहेका थिए । तर सर्वोच्चको फागुन २३ गतेको फैसलासँगै उनीहरु पनि छुटेका थिए ।  

प्रतिक्रिया दिनुहोस