aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एसीसीएका दुई विषयमा नेपाली छात्राले गरिन् विश्व टप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ माघ २०७९
एसीसीएका दुई विषयमा नेपाली छात्राले गरिन् विश्व टप

काठमाडौं। एसीसीएको भर्खरै प्रकाशनमा आएको परीक्षाफल अनुसार नेपाली छात्रा इमा तिससङले दुई वटा विषयमा सर्वोकृष्ट नतिजा हात पारेकी छिन्। उनले अध्ययन गरेको सीड फाइनान्सियल एकेडेमीका अनुसार उनले डिसेम्बर २०२२ मा भएको परीक्षामा आफुलाई शीर्ष स्थानमा राख्न सफल भएकी हुन्। 

विश्वभरका हजारौँ विद्यार्थीलाई पछि पार्दै तिससङले ट्याक्सेसनमा ९९ प्रतिशत र अडिट एन्ड अस्युरेससमा ८६ प्रतिशत अङ्क प्राप्त गरेकी हुन। उनले अडिट एन्ड अस्युरेसस र ट्याक्सेसनमा क्रमशः १२ हजार ७५० र ११ हजार ७८८ विद्यार्थीहरूमध्ये विश्वव्यापी रूपमा पहिलो स्थान हासिल गरेकी हुन्।

एसीसीए (एसीसीए) योग्यतालाई लेखा र वित्तको क्षेत्रमा व्यवशायिक योग्यताको मापदण्डको रूपमा व्यापक रूपमा मान्यता दिइन्छ। र, रोजगारदाताहरूले पनि यसको उच्च मूल्याङ्कन गर्ने गर्छन्।

प्रतिक्रिया दिनुहोस