aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

पार्किङ गरेको बसभित्र तास खेल्ने ९ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ माघ २०७९
पार्किङ गरेको बसभित्र तास खेल्ने ९ जना पक्राउ

काठमाडौं । तास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ परेका छन् । भक्तपुरको मध्यपुरठिमी नगरपालिका १ लोकन्थली गणपती वडी विल्डर्स ग्यारेजमा पार्किङ गरी राखेको बा.३ ख ३६५६ नम्बरको बसभित्र तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका ६ घर भई हाल भक्तपुर बालकोट बस्ने ३४ वर्षीय कोशिस तामाङ समेत ४ जना रहेका छन् । सो बसमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७१ हजार रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, धनुषाको जनकपुर उपमहानगरपालिका १ पुलचोकमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका १७ बस्ने ३८ वर्षीय दिनेश साह समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा जुतासतास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रेल्बेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३२ हजार २ सय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस