aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मनगढन्ते आरोप लगाए बापत ट्रम्पलाई तिराइयो ठूलो जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ माघ २०७९
मनगढन्ते आरोप लगाए बापत ट्रम्पलाई तिराइयो ठूलो जरिवाना

एजेन्सी। अमेरिकाको एक संघीय न्यायाधीशले डोनाल्ड ट्रम्प र उनका वकिलहरूलाई हिलारी क्लिन्टन र अन्यहरू विरुद्ध "पूर्ण रूपमा निरर्थक" मुद्दा दायर गरेकोमा ९ लाख ३८ हजार डलर तिर्न आदेश दिएका छन्। ट्रम्पले क्लिन्टनले रुससँग मिलेर काम गरेको आरोप लगाएर सन् २०१६ को चुनावमा धाँधली गर्ने प्रयास गरेको दाबी गरेका थिए।

"हामी एक मुद्दाको सामना गर्दैछौं जुन कहिल्यै दायर गर्नु हुँदैन थियो, जुन पूर्णतया निरर्थक थियो, दुवै तथ्यात्मक र कानुनी रूपमा। र, जुन अनुचित उद्देश्यको लागि खराब विश्वासमा ल्याइएको थियो," न्यायाधीश डोनाल्ड मिडलब्रूक्सले अमेरिकामा जारी गरिएको ४६ पृष्ठको आदेशमा लेखेका छन्। यो फ्लोरिडाको दक्षिणी जिल्लाको अदालत हो ।

मिडलब्रुक्सलाई सन् १९९७ मा बिल क्लिन्टनले मनोनयन गरेका थिए। गएको अप्रिलमा ट्रम्पका वकिलहरूले ती न्यायाधीशलाई मुद्दाबाट  हटाउन आग्रह गर्दै एउटा प्रस्ताव दायर गरेका थिए।  उनीहरूको तर्क थियो कि "उनको पतिले न्यायाधीश मिडलब्रूक्सलाई संघीय बेन्चमा मनोनीत गरेको कारण, न्यायाधीश मिडलब्रूक्सको निष्पक्षतामाथि प्रश्न उठाउने उचित आधार छ।" तर, उनले त्यो प्रस्ताव अस्वीकार गरेका थिए।

ट्रम्पको मुद्दाले क्लिन्टन र अन्य ३० प्रतिवादीहरूबाट ३०  मिलियन डलर क्षतिपूर्तिको माग गरेको थियो। त्यसमा ठगी, "हानिकारक झूट गर्ने षड्यन्त्र" र अन्य गलत कार्यहरू गरेको आरोप लगाइएको थियो। जब मिडलब्रूक्सले सेप्टेम्बरमा उक्त मुद्दा हेरे तब भने कि ट्रम्पले "उनको विरोध गर्नेहरू विरुद्ध आफ्ना गुनासोहरू औँल्याउने दुई सय पृष्ठको राजनीतिक घोषणापत्र प्रस्तुत गर्न खोजिरहेका छन्।"

अब मिडलटनले ट्रम्प, उनका प्रमुख वकिल एलिना हब्बा र हव्वा माडायो एन्ड एसोसिएट्सलाई संयुक्त रूपमा सो जरिवानाको भागिदार बनाएका छन्। यसको मतलब यो दण्डले प्रतिवादीको कानुनी खर्चहरू कभर गर्दछ। यो रकम कुनै एकबाट वा दोषी तीनको संयोजनबाट सङ्कलन गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस