aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मीनबहादुर श्रेष्ठ बने योजना आयोगको नयाँ उपाध्यक्ष, फुयाँल सदस्यमा तेस्रो पटक नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ माघ २०७९
मीनबहादुर श्रेष्ठ बने योजना आयोगको नयाँ उपाध्यक्ष, फुयाँल सदस्यमा तेस्रो पटक नियुक्त

काठमाडौं। पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  उनलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । 

दाहाल नै प्रधानमन्त्री हुँदा यसअघि २०७३ मा पनि उनलाई योजना आयोगको उपाध्यक्ष बनाएका थिए ।  श्रेष्ठले सोमबार नै आफ्नो दोस्रो कार्यकालको लागि पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठले आज सोमबार नै कार्यभार सम्हाल्दै छन्।

यसै गरी सरकारले योजना आयोगको सदस्यमा डा. रामकुमार फुयाँललाई पनि तेस्रो पटक नियुक्त गरेको छ । उनी यसअघि २ पटक गरी चार वर्ष योजना आयोगको सदस्य भइसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस