aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

‘किड्जी’को बाल सुरक्षा सम्बन्धी सेमिनार सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ माघ २०७९
‘किड्जी’को बाल सुरक्षा सम्बन्धी सेमिनार सम्पन्न

काठमाडौं । एशियामा व्यापक रूपमा रहेको प्रि–स्कूल चेन ‘किड्जी’ले बाल सुरक्षा सम्बन्धी सेमिनार ‘आई केयर’ कार्यक्रम गरेको छ । ‘किड्जी’ले काठमाडौंमा बनिबार उक्त कार्यक्रम गरेको हो । 

ललितपुर महानगरपालिकाको उप–मेयर मञ्जली शाक्य बज्रचार्यको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा काठमाडौं उपत्यकाका प्रसिद्ध विद्यालय र प्रि स्कूलका प्रिन्सिपलहरूलाई आमन्त्रित गरिएको थियो । कार्यक्रमका मुख्य वक्ता, किड्जीका शिक्षाविद् किङ्स्टन डिसुजाले, विद्यार्थीहरूलाई सिकाउदा उनीहरुको सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने कुरामा कसरी किड्जी विस्वस्त रहेको जानकारी गराए ।

‘किड्जी’ले बाल दुर्व्यवहारको विभिन्न प्रकार, लक्षण र विनाशकारी प्रभावहरूका बारेमा दर्शकहरूलाई सचेत र शिक्षित बनाउने आशाका साथ बाल दुर्व्यवहारको रोकथामका लागि एउटा अभियानको रूपमा आई केयरको सुरुवात गरेको हो । बाल दुर्व्यवहारका मुख्य चार प्रकारहरू शारीरिक दुर्व्यवहार, भावनात्मक दुर्व्यवहार, उपेक्षा र यौन दुर्व्यवहार हुन् । 

किड्जीले दुई हजारभन्दा बढी केन्द्रको सञ्जालका साथमा १४ लाख विद्यार्थीहरूलाई पालन–पोषण गरेको छ र एक लाखभन्दा बढी शिक्षकहरूलाई तालिम दिएको छ । नेपालका ५ प्रमुख शहरका १३ स्थानमा ‘किड्जी’ को उपस्थिति बढ्दो क्रममा छ ।   

प्रतिक्रिया दिनुहोस