aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

आमाले स्वघोषणा गरे वंशजको नागरिकता पाउने, ढाँटेर बाबुको नाम, ठेगाना फरक बनाए कारबाही

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ भदौ २०७६
आमाले स्वघोषणा गरे वंशजको नागरिकता पाउने, ढाँटेर बाबुको नाम, ठेगाना फरक बनाए कारबाही

काठमाडौ । बाबु एकीन नभएका सन्तानले आमाको स्वघोषणाको आधारमा वंशजको नागरिकता पाउने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा आमाको स्वघोषणाको आधारमा वंशजको नागरिकता दिलाउने सहमति भएको हो ।

 

बलात्कार, लिभिङ टुगेदर वा अरु परिस्थितिमा जन्मिएका सन्तानले आमाको घोषणाबमोजिम नागरिकता पाउनेछन् । तर, नियतवस आमाले ढाँटेर बाबुको नाम, ठेगाना फरक बनाइ नागरिकता दिलाइमा त्यस्ता आमालाई कारबाहीको हुने व्यवस्थाबारे सहमति बनेको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

सभापति श्रेष्ठले नेकपा सांसद विजय सुब्बा नेतृत्वमा उपसमितिले बुझाएको प्रतिवेदनमाथि पनि छलफल सुरु भएको बताइन् । स‌ंसद्‌मा पुगेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकका केही बुँदामा अझै सहमति जुटेको छैन ।

नागरिकता टोली खटाएर दिने कि नदिने, अंगिकृतलाई कति वर्ष बसोबास गरिसकेपछि दिने, २०६४ अघि जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई के गर्ने जस्ता विषयमा विवाद छ । नागरिकता टोली खटाउँदा दुरुपयोग भएको भन्दै केही सांसदले विरोध जनाइरहेका छन् भने अंगीकृत नागरिकता दिँदा ७ वर्षको सरकारी प्रस्वावका विषयमा समितिमा सहमति बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस