aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

एयरपोर्टका कर्मचारी भ्रष्टाचार अभियोगमा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० माघ २०७९
एयरपोर्टका कर्मचारी भ्रष्टाचार अभियोगमा पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल नागरिक उड्‍डयन कार्यालय, आन्तरिक टर्मिनल ब्यवस्थापन शाखा गौचर काठमाण्डौका ब्यवस्थापन शाखा प्रमुख भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । 

उक्त शाखाका प्रबन्धक (नवौं तह) पूर्ण प्रसाद चुडालले एयरपोर्ट (आन्तरिक टर्मिनल) सम्म आवातजावत गर्न पास उपलब्ध गराई सहजीकरण गरिदिएको भनी सेवाग्राहीसँग एक लाख ५०,००० हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी परेपछि पक्राउ परेका हुन । 

 अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज पूर्ण प्रसाद चुडाललाई सेवाग्राहीसँग एक लाख पचास हजार रुपैयाँ  घुस  लिइसके पश्चात कार्यकक्षबाट माग ९ गते नियन्त्रणमा लिई लिएको आयोगले जनाएको छ । उक्त अभियुक्तको खानतलासी गर्दा निजको कार्यकक्ष भित्र रहेको स्टिलको दराजबाट स्रोत नखुलेको नगद आठ लाख रुपैयाँ समेत बरामद गरी थप अनुसन्धान भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस